गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना | Khabarhub Khabarhub

गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नमा बसेका छन् ।

बहुमतको दाबी पेश गरे पनि नयाँ सरकार गठनको समय सकिँदासम्म मुख्यमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका प्रेदशका बहुमत प्रदेशसभा सदस्यहरू धर्नामा बसेका हुन् ।

शनिबार करिब दिउँसो साढे चार बजेदेखि विपक्षी गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवासअघि धर्नामा बसेका हुन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसिमा सकिँदासम्म पनि मुख्यमन्त्री नियुक्त नगर्नु संसद विघटनको संकेतका रुपमा विपक्षी गठबन्धनले बुझेको छन् । संसद् विघटन हुन नदिनका लागि दबाब दिने उद्द‍ेश्यले धर्नामा बसेको उनीहरूले बताएका छन् ।

विपक्षी गवठबन्धन धर्नामा बसेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बनाउन शुक्रबार २४ घण्टाका लागि दलहरूलाई समय दिएकी थिइन् । प्रदेश प्रमुखले दिएको समयसीमाअनुसार शनिबार दिउँसो तीन बजेसम्म समय थियो।

शुक्रबार साँझ नै कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक गुरुङ) ले हस्ताक्षर गरेर विपक्षी कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रक्रियामा गएका थिए । उनीहरूले कांग्रेसका संसदीय दलका नेतासमेत रहेका कृष्ण चन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

तर, आज सत्तापक्ष (एमाले)ले पनि पृथ्वीसुब्बा गुरुङलाई मुख्यन्त्री प्रस्ताव गर्दै राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ४४ बजे

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल