जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन | Khabarhub Khabarhub

जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

नयाँ सरकार गठनबारे सहमति जुटाउन बालकुमारीस्थित पार्टी कार्यालयमा भएको शीर्ष नेताहरुबीचको छलफल बिनानिष्कर्ष टुंगिएको हो।

छलफलमा शीर्ष तहबाट सरकार गठनमा विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए। उनले भोलि (बिहीबार) सम्म पार्टीको एकीकृत धारणा बनाइने बताए ।

जसपाको ठाकुर पक्षले भने ओलीको विकल्प खोज्न नसकिने जनाउँदै आएको छ ।

आजै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छिन् । राष्ट्रपतिले दिएको समय भोलि सकिँदैछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ०९ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना