८२ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ | Khabarhub Khabarhub

८२ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ८२ लाख ५० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका – ३ आदर्शनगरबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराका  कलामुद्दिन अन्सारी, भारत विहार घर भई वीरगञ्ज बस्ने  विकास कुमार, गुड्डु कुमार र साहील गुप्ता छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खोजी गर्दा उनीहरुलाई नगदसहित पक्राउ गरिएको हो ।

प्रहरीले उनिहरुका साथबाट ना ८ प ४८९७ नम्बरको मोटरसाइकल समेत बरामद् गरेको छ । उनीहरुमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरुद्धको कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम