तोकिएको तलब पाएपछि काममा फर्किए सेक्युरिटी गार्ड | Khabarhub Khabarhub

तोकिएको तलब पाएपछि काममा फर्किए सेक्युरिटी गार्ड



दोहा : कतार सरकारले तोके अनुसारको पारिश्रमिक दिने प्रतिबद्धतापछि आन्दोलनरत सेक्युरिटी गार्ड काममा फर्किएका छन् ।

कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस (क्यूएसएस) कम्पनीमा कार्यरत सेक्युरिटी गार्डहरुले सरकारले तोकेको पारिश्रमिक कम्पनीले उपलब्ध गराएपछि आफूहरु काममा फर्किएको एक नेपालीले बताए ।

‘हामी कतारको श्रम कानून अनुसार कम्पनीले तलब नदिएपछि बिरोध गरेका हौँ,’ ती कामदारले भने, ‘अहिले कम्पनीले सम्पूर्ण पारिश्रमिक उपलब्ध गराएपछि काममा फर्कियौँ ।’

कामदारहरूले त्यस समयमा ओभरटाइम बापत काम गरेको तलब नपाएको नगरेको खुलासा गरेका थिए । पछि कम्पनीका मालिक आएर तोके अनुसारको पारिश्रमिक दिने भन्दै काममा फर्कन आग्रह गरेका थिए । उनले एक/दुई दिनमै पारिश्रमिक बैंकमा जम्मा गरिदिने प्रतिबद्धता जनाएका थिए ।

कम्पनीमा काम गरिरहेका सयौं सेक्युरिटी गार्डहरूले गत बुधवार कम्पनीको विभिन्न स्थानहरूमा रहेको क्यापमा विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन पछि अधिकारीहरूलाई कतारको नयाँ श्रम कानूनको उल्लंघन गरेको आरोपमा रोजगारदातालाई अनुसन्धान गर्न प्रेरित गरेको छ ।

सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै काम ठप्प पारेर अल खोर, अबु नाखला र उम्म स्लाल लगायत विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, उगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी रहेको थियो ।

कतारले मार्च महिनादेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने नयाँ कानुनमा व्यवस्था छ । यो नयाँ पारिश्रमिक मार्चदेखि नै लागू हुने बताईएको भएपनि अहिलेसम्म धेरै कम्पनीहरुले लागू गरेका छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ४५ बजे

प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न राष्ट्रपति पुटिनको आदेश

काठमाडौं– रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको

सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेपका एमाले

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नवलपरासी– पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा