कोरोना कहर : पेट पाल्न दाताको भर | Khabarhub Khabarhub

कोरोना कहर : पेट पाल्न दाताको भर

नि:शुल्क खाना खोज्दै धाउनेको बाध्यता (फोटो फिचर)


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजकुमार मल्ल दम्पतीको घर गोरखा हो । उनीहरू काठमाडौँको बल्खुमा बस्छन् । राजकुमारको दख्खल बेकरीको काममा छ । गत वर्षको लकडाउनपछि उनको रोजगारी गुम्यो ।

यसपालिको लकडाउनपछि राजकुमार उनकी श्रीमतीलाई दैनिक छाक टार्ने समस्या छ । उनीहरू खानाका लागि बल्खुबाट हिँड्दै थापाथलीसम्म पुग्ने गरेका छन् ।

राजकुमार भन्छन्, ‘म बेकरीमा काम गर्थें, पोहोरको लकडाउनमा काम खोसियो । होटल राम्ररी नचल्दा मैले काम पाउन सकेको छैन ।’

पहिलो चरणको लकडाउन खुकुलो भएपछि राजकुमारले कालिमाटी स्थित फलफूल बजारमा काम गर्न थालेका थिए । वैशाख १६ गतेदेखिको निषेधाज्ञापछि आफू बेरोजगार भएको उनले बताए ।

राजकुमार पहिलो लकडाउनमै नै खाना खान प्रसुतिगृहको चौरमा आउन थालेका हुन् । अहिले पनि दुवै जना बिहानको खाना खान त्यहीँ पुग्छन् ।

आफू काम नपाएर अलपत्र परेको राजकुमारले बताए । ‘शैक्षिक योग्यता भन्नुहुन्छ भने १२ कक्षा पास गरेको छु, १६ वर्षसम्म बेकरी क्षेत्रमा काम गरेको अनुभव छ,’ उनले भने, ‘काम नभएपछि दाम हुँदैन, पेट पाल्नकै लागि बल्खुदेखि खाना खान यहाँ (थापाथली) सम्म आउने गरेको छु ।’

थापाथलीमै बस्दै आएका रामेछापका सुजन राई पनि हरेक दिन खाना खान प्रसुतिगृहको चौरमा खाना खान्छन् । उनले भने, ‘निषेधाज्ञा हुनुअघि ललितपुरको लुघुमा ज्यामी काम गर्थें तर निषेधाज्ञा भएपछि काम बन्द भयो ।’

थापाथलीमा खान पाउने थाहा पाएर आफू आउने गरेको उनले बताए ।

‘हाम्रो टिम नेपाल’ हरेक दिन बिहान थापाथली प्रसुति गृहपछाडिको चौरमा विपन्नहरूका लागि निःशुल्क खाना वितरण गरिरहेको छ ।

गाडी चल्न बन्द भएपछि काममा जान जपाइएको र हिँड्दै थापाथली आएर बिहानको खाना खानेगरेको सुजनको भनाइ छ ।

भोजपुर घर भइ हाल थापाथलीमै बस्दै आएका बलधोज राई पनि खाना खान्छन् । लकडाउनले रोजीरोटी गुमेपछि निःशुल्क खाना खोज्दै हिँड्नु परेको उनले बताए ।

हाम्रो टिम नेपालले हरेक दिन विहान ९ बजेदेखि ११ बजेसम्म थापाथली स्थित प्रसुति गृहपछाडिको चौरमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र निषेधाज्ञाका कारण सडकमा आएका निम्न वर्गका मानिसहरूलाई निःशुल्क खाना खुवाइहेको छ ।

अध्यक्ष विमल पन्तका अनुसार ‘हाम्रो टिम नेपाल’ ले निषेधाज्ञाका कारण सडकमा आएका दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै छ । ‘हाम्रो टिम नेपाल’ ले अस्पतालका बिरामी कुरुवाहरूलाई पनि खाना खुवाउने गरेको छ ।

बाहिरी जिल्लाबाट उपचारको लागि आएका वा काठमाडौँमै बसोबास गर्दै आएका तर निषेधाज्ञाका कारण सवारीसाधन पाएर घरकोठा जान नपाएका बिरामी कुरुवाहरूलाई खाना खुवाउने गरेको उनले बताए ।

पन्तले भने, ‘काठमाडौँ उपत्यकाभित्र रहेका सम्पूर्ण अस्पतालमा बिरामी कुरुवाहरूलाई निःशुल्क खाना वितरण गर्ने गरेका छौँ ।’

यो समूहले पहिलो लकडाउनदेखि नै निःशुल्क खाना वितरण गर्दै आएको हो । कोरोना संक्रमणका बिरामीहरूलाई निःशुल्क अक्सिजन पुर्‍याउन मद्दत गर्ने गरेको पनि पन्तले बताए ।

त्यस्तै अर्को समूह ‘बन्दी सहायता नेपाल’ ले पनि दैनिक सात सयदेखि आठ सय जनासम्मलाई निःशुल्क खाना खुवाउँदैछ ।

‘बन्दी सहायता नेपाल’ की अध्यक्ष इन्दिरा राणाका अनुसार आफ्नो समूहले काठमाडौँका विभिन्न ठाउँमा खाना वितरण गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘बालाजु, थापाथली, कमलादी, न्युरोड, ठमेल लगायतका ठाउँमा बिहानबेलुका खाना वितरण गरिरहेकी छु ।’

निषेधाज्ञाका कारण रोजगारी गुमेर भोकै बस्ने अवस्थाका मानिसलाई अन्य विभिन्न संघसंस्थाले पनि खाना खुवाउने गरेका छन् ।

निषेधाज्ञाका कारण काम नपाएर सडकमा आउने मानिसहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको खाना खुवाउने संस्थाका प्रतिनिधिहरूको अनुभव छ ।

निषेधाज्ञाको केही दिन दैनिक पाँच सय जनाजतिलाई खान वितरण गरेकोमा अहिले आठ सय जना पुगेको राणाको भनाइ छ ।

पहिलो लकडाउनमा संघीय सरकार र स्थानीय तहहरूले राहत वितरण गरे पनि यो वर्षको यस विषयमा सरकारी निकायहरू मौन छन् ।

पहिलो लडकडाउनमा राहत वितरणमा देखापरेको अस्तव्यस्त अवस्था, नातावाद र राजनीतीकरणका कारण यसपालि स्थानीय तह मौन बसेको केही जनप्रतिनिधिहरूको भनाइले पुष्टि गर्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : २४ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले