‘धड्कन’को ‘दुल्हे के सेहरा’ गाउँदा डेढ घण्टा रोएका थिए नुसरत | Khabarhub Khabarhub

‘धड्कन’को ‘दुल्हे के सेहरा’ गाउँदा डेढ घण्टा रोएका थिए नुसरत


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–एक गायकका लागि गीतको शब्द कति शक्तिशाली हुन्छ भन्ने कुरा बलिउडका दिवंगत उस्ताद नुसरत फतेह अली खानले गाएकाे एक गीत स्मरण गरे पुग्छ । तपाईंले फिल्म ‘धड्कन’ हेर्नुभएको छ भने फिल्मको एक गीत ‘दुल्हे के सेहरा सुहाना’ निकै चर्चित छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यो गीतको रेकर्डिङसँग जोडिएको किस्सा बलिउडमा निकै लोकप्रिय छ । सन् २००० मा रिलिज भएको अक्षय कुमार, सुनिल सेट्टी र शिल्पा सेट्टी अभिनित यो फिल्मको गीत ‘दूल्हे के सेहरा सुहाना’ गाउदा उस्ताद नुसरत डेढ घण्टासम्म रोएका थिए ।

यी गायक गीतको एक लाइन ‘में तेरी बाहों के झूलों में पली बाबुल’मा अड्किन्थे र रुन्थे । यो क्रम करिब डेढ घण्टासम्म चलेको थियो । यो गीतमा समीरको शब्द तथा नदीम–श्रवणको संगीत थियो ।

समीरका अनुसार नुसरतले उनको एउटै मात्र गीत गाए । तर त्यो गीत गाउदा उनी कैयौंपटक रोएका थिए । ‘जब मैले यो गीत लेखें, भित्री आत्मादेखि लेखेको थिएँ । यो गीत रेकर्ड गर्न नुसरतलाई डेढ घण्टा समय लागेको थियो । जब गीतको एक लाइन ‘में तेरी बाहों के झूलों में पली बाबुल’ आउँथ्यो, त्यो बेला उनी निकै रुन्थे’, समीरले भनेका छन् ।

गीतमा ‘बाबुल’ शब्द आउदा नुसरतले आफ्ना सन्तानहरु सम्झिएर रुने गरेको समीरले खुलाए ।

समीरले फिल्म रिलिज भएपछि हलमा गएर हेर्दा दर्शकहरु त्यो गीतको त्यही लाइन आएपछि रुने गरेको देखेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर