यूक्रेनविरूद्ध प्रस्तुत नहुन रूसलाई अमेरिकाको चेतावनी | Khabarhub Khabarhub

यूक्रेनविरूद्ध प्रस्तुत नहुन रूसलाई अमेरिकाको चेतावनी


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन(एएफपी)-  यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई अमेरिकाले आग्रह गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा उनले रूसलाई गरिएको आग्रह बेवास्ता गर्दै अघि बढे त्यसबाट निम्तिने ‘परिणाम’ रूसले ब्यहोर्नुपर्ने चेतावनी दिए ।

“मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ, ” उनले भने । अमेरिकाले यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।

“अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यदि रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भने ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ०५ बजे

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही

कतार एयरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको

ओलीसँग वामदेवको आग्रह : आत्मआलोचना गर्न तयार छु, एमालेमा बोलाएर जिम्मेवारी दिनुस्

काठमाडौं- ‘नेकपा राष्ट्रिय एकता अभियान’का संयोजक वामदेव गौतमले आफू आत्मआलोचनासहित

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

अम्मान– जोर्डन सशस्त्र सेना-अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न