नेपालले खेल्ने विश्वकप छनोट फुटबलका बाँकी खेल कुवेतमा हुने | Khabarhub Khabarhub

नेपालले खेल्ने विश्वकप छनोट फुटबलका बाँकी खेल कुवेतमा हुने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा हुने भएको छ ।

एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह ‘बी’ का खेलहरु कुवेतमा हुने जनाएको छ ।

कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।

छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी छ । यसअघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका थियो ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ ।

चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को युएई र समूह ‘एच’ दक्षिण कोरियामा हुनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल