फिल्ममा आउदै इरफान पुत्र बाबिल | Khabarhub Khabarhub

फिल्ममा आउदै इरफान पुत्र बाबिल


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका दिवंगत अभिनेता इरफान खानका छोरा बाबिलले फिल्ममा आउने संकेत गरेका छन् । आफ्नो पिताको बारेमा पोस्ट गर्दै उनले चाँडै नै बलिउडमा ‘डेब्यू’ योजनाको जनाउ दिएका छन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले इन्स्टाग्राममार्फत बलिउडमा पाइला चाल्ने योजनाबारे जानकारी दिएका हुन् ।

‘मलाई थाहा छ कि यो एक मिनेट भएको छ । जब मेरो अन्धविश्वास मलाई अनुमति दिन्छ, त्यो बेला म कोसँग व्यस्त हुन्छु भन्ने कुरा प्रकट गर्नेछु’, उनले लेखेका छन् ।

उनले ८ वर्षको सुरुवातमा बिना कुनै औपचारिक प्रशिक्षण भारतीय फिल्ममा आफ्नो यात्रा गर्न लाग्दा भयभीत रहेको उल्लेख गरेका छन् । ‘त्यहीकारण म प्रायः एनएसडी र पहिलाका फिल्मबाट बाबाको चरित्रलाई हेरेर आफ्नो चिन्तालाई शान्त पार्दछु । यहाँ उहाँको प्रशंसकका लागि केही छन्’, उनले अगाडि लेखेका छन् ।

इरफानको गत वर्षको अप्रिलमा न्यूरोएण्डोक्राइन ट्यूमरबाट निधन भएको थियो । उनी पछिल्लोपटक फिल्म ‘अंग्रेजी मिडियम’मा देखिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : २० बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार