जसपाका मागमा प्रधानमन्त्री ‘सकारात्मक’, आजबाट कार्यदलस्तरमा संवाद | Khabarhub Khabarhub

जसपाका मागमा प्रधानमन्त्री ‘सकारात्मक’, आजबाट कार्यदलस्तरमा संवाद


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ ।

समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्तालगायतका मागमा दुई दलबीच छलफल भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहीवारको वार्ता सकारात्मक भएको र आज(शुक्रबार) पनि कार्यदलस्तरमा वार्ता जारी रहनेछ ।

एमालेबाट सुवास नेम्वाङ र डा राजन भट्टराई तथा समाजवादीबाट सर्वेन्द्रनाथ शुल्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा छन् ।

बिहीवारको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ५९ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव