भ्यालेन्टिन लक्षित ‘रियलमी’ गिफ्ट आइटम | Khabarhub Khabarhub

भ्यालेन्टिन लक्षित ‘रियलमी’ गिफ्ट आइटम


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् ।

यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमा तीव्र गतिमा आफ्नो बलियो सञ्जाल बनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ । रियलमी एआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइल फोनसँग लिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।

रियलमी ब्यान्ड

हरेक व्यक्ति शारिरीकरुपमा फिट रहन चाहन्छन् । अन्य व्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारिरीक पर्फमेन्स पनि उत्तिकै महत्वपूर्ण हुन्छ । रियलमी आफ्ना ग्राहकलाई फिट देखाउनका लागि सदा तत्पर छ । रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथा धूलोमा खसेमा पनि केही बिग्रिदैन ।

स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतम बोर्डर लेस डिजाइनले सेवाग्राहीलाई स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्च कलरस्किन रहेको यो ब्यान्ड वातावरणमैत्री पोलिमर सामाग्रीबाट बनेको छ जसको तौल केबल २० ग्राम मात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।

रियलमी बड्स एयर

हुनसक्छ तपाईँ कुनै न कुनै समयमा आफ्नो पार्टनरसँग संगीतका कारण जोडिनुभएको छ, हुनसक्छ तपाईँको पार्टनरलाई संगीत मन पर्छ । त्यसो हो भने भने तपाईँ आफैले सेलेक्ट गरेर पठाएको संगीत उत्कृष्ट हुनसक्छ । तर योभन्दा बढी तपाईँको पार्टनरले पनि तपाईँकै जस्तै अनुभूति गरिरहेको थाहा पाउँदा हुन्छ । रियलमी उत्कृष्ट ट्र वाइरलेस स्टेरियो (टीडब्लूएस) को विशेषता पनि यसमा रहेको छ ।

रियलमी बड्स एयर केबल ४.३ ग्राम तौलका साथ उपलब्ध रहेको छ । एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेबेक म्युजिकका रुपमा काम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् ।

रियलमी घडी ‘वाचएस’

‘रियलमी वाच एस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै कामसहित अन्य फिचर्सहरु पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाईको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्र नभएर बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवा दिएको छ । यसको डिस्प्लेमा अमेरिकी ग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ ।

आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिदैन । कम्पनीले यस घडीमा १०० भिन्न प्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ ।

यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमा हुने अक्सिजनको मात्रा मापन गर्ने भएकाले ग्राहकको स्वास्थ्य निगरानीमा पनि यसले सहयोग पुर्‍याउँछ । १६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान/योग तथा आरामको तालीका समेतको सुविधा यस घडीमा रहेको छ ।

रियलमी गुगलसँग घडीलाई लिंक गरेर फोन अनुसारको आफ्नो तालीकासँग जोडेर त्यस अनुसारको समयतालीका यसमा निर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमा आएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्दछ ।

टेक्निकल क्षेत्रमा लोकप्रियता बढ्दै गएपछि रियमलीले नवीनतम् ट्रेन्डहरू ल्याउनका लागि आफ्नै रियलमी डिजाइन स्टुडियो स्थापना गरेको छ । स्मार्ट एआईओटी उत्पादनको क्षेत्रमा रियमली आफ्ना उत्पादनमार्फत ग्राहकलाई उत्कृष्ट अद्वित्तीय अनुभूति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

कम्पनीको बारेमा

रियलमी छोटो सयममा नवीनतम् फिचर्सहरु सहित प्रविधिको क्षेत्रमा दू्रत रुपमा उदाएको स्मार्ट फोन कम्पनी हो । जसका एआइओटी उत्पादनहरु विश्वभर लोकिप्रय बन्दै गएका छन् । आर्थिक मिडियाको क्षेत्रमा लिड गरिरहेको अन्तरराष्ट्रिय मिडिया ‘फास्ट कम्पनी’ ले सार्वजनिक गरेको ‘५० उत्कृष्ट आविष्कारक कम्पनी २०२०’को सूचिमा स्मार्ट फोन उत्पादक कम्पनी रियलमीलाई सूचिकृत गरेको थियो ।

‘चुनौतीदेखि उन्नति’ सम्मको नाराका साथ प्रविधि क्षेत्रमा युवालाई मध्यनजर गरी कम्पनीले आफ्ना उत्पादनहरु बजारमा ल्याइरहेको छ । २०१९ मा स्थापना भएको यो कम्पनीले २०२० को तेस्रो त्रैमासिकसम्ममा ८०८ प्रतिशले बजार वृद्धि गरि विश्वभर २ करोड ५० लाख आफ्ना ग्राहक बनाउन सफल भएको थियो । हाल रियलमीका चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर पाँच करोड बढी प्रयोगकर्ता रहेका छन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : १२ बजे

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा