अंकमालपछि बलिउड कलाकारले बिर्सिए दुस्मनी | Khabarhub Khabarhub

अंकमालपछि बलिउड कलाकारले बिर्सिए दुस्मनी


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–फिल्म उद्योगमा कसैसँग अंकमाल गर्नु सामान्य कुरा हो । कोहीकसैसँग मन मिलोस् या नमिलोस्, एकअर्कालाई अंकमाल गर्छन् । तर कहिलेकाँही सबैलाई अंकमाल गर्नु सामान्य पनि रहँदैन । बलिउडमा यस्ता केही कलाकार छन्, जो एकअर्कालाई हेर्नसम्म रुचाउदैनन् । तर तिनै कलाकारले अकस्मात अंकमाल गर्दा त्यो माहोल कस्तो बन्ला ?

अभिनेता सलमान खान र शाहरुख खान एकसमय अत्यन्त मिल्ने साथी थिए । तर अभिनेत्री कटरीना कैफको जन्मदिनमा उनीहरुबीच भएको झगडा नै दुश्मनीको माध्यम बन्यो । दुवैको सम्बन्ध टुटेको खबरले उनीहरुका फ्यानलाई चिन्तित नै बनायो ।

उनीहरुबीच पाँच वर्षसम्म शीतयुद्ध नै चल्यो । पाँच वर्षपछि भने उनीहरु बाबा खानको भोजमा आमनेसामने भए । भोजपछि उनीहरुले एकापसमा अंकमाल गरे । बलिउडमा ‘करण अर्जुन’को यो अंकमाल लामो समयसम्म चर्चामा रह्यो ।

अभिनेता सलमान खान र अभिषेक बच्चनको दुरी सबैलाई थाहा छँदैछ । दुवैबिच कहिल्यै झगडा भएन । यद्यपि अभिनेत्री ऐश्वर्या राय बच्चन र सलमानको ब्रेकअप जुन किसिमले भयो, त्यसपछि अभिषेक र सलमान एकापसमा कुराकानी गर्लान् भन्ने सायद कमैले अनुमान गरेका थिए । तर सन् २०१४ को एक अवार्ड कार्यक्रममा सलमानले अभिषेकसँग अंकमाल गरेर सबैलाई चकित तुल्याए ।

बलिउडको इतिहासमा अभिनेता विवेक ओबराय र सलमान खानबीचको झगडा सबैभन्दा ठूलो विवादमध्ये एक मानिन्छ । अभिनेत्री ऐश्वर्या राय बच्चनको कारणले सन् २००३ मा सलमान र विवेकबीच झगडा भएको थियो ।

यो घटनापछि विवेकले मिडियामाझ सलमानले आफूलाई गालीगलौज गरेको र धम्काएको आरोप लगाएका थिए । यो घटनाको ११ वर्षपछि सन् २०१४ मा एक अवार्ड शोमा सलमानले विवेकलाई अंकमाल गर्दा सबै छक्क परेका थिए ।

अभिनेत्री ऐश्वर्या राय बच्चनका पति अभिषेक बच्चन र ऐश्वर्याकी पूर्व प्रेमी विवेक ओबरायको अंकमाल पनि एकताका चर्चामा रह्यो । सन् २०१९ मा अभिषेक र विवेकको आमनेसामने एक कार्यक्रममा भएको थियो । यो कार्यक्रममा दुवैले अंकमाल गरेको तस्बिर सामाजिक सन्जालमा भाइरल भयो ।

अभिनेत्री रेखा र जया बच्चन एक समयमा मिल्ने साथी थिए । रेखा जयाको साथीबाट सौता बन्न लागेको खबर मिडियामा नआएको होइन । यी दुवै कलाकार प्रायः अवार्ड शोमा भेटिए पनि उनीहरु टाढै बस्छन् ।

सन् २०१६ मा अमिताभ बच्चनलाई अवार्ड मिलेपछि रेखाले आफ्नो उत्साहलाई नियन्त्रणमा लिन सकिनन् र जया बच्चनलाई अंकमाल गर्न पुगिन् । यो तस्बिर निकै भाइरल भएको थियो ।

अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको अफेयरको किस्साले कुनै समयमा मिडियामा राम्रो स्थान पाएको थियो । त्यसपछिको ब्रेकअपलाई पनि मिडियाले छोडेनन् । ब्रेकअपपछि लामो समय यो जोडी टाढिए । तर एक कार्यक्रममा भेटिएपछि उनीहरुले एकअर्कालाई नियन्त्रण गर्न सकेनन् र अंकमाल गरे ।

अभिनेत्री ऐश्वर्या राय र रानी मुखर्जीबीचको सम्बन्ध फिल्म ‘चलते–चलते’को समयदेखि बिग्रिएको थियो । यो फिल्ममा रानीले ऐश्वर्याको ठाउँ लिएपछि उनीहरुबीच खटपट भएको थियो ।

अभिषेकको विवाह ऐश्वर्यासँग भएपछि रानी र ऐश्वर्याबीचको दुरी झन बढेको फिल्म वृत्तमा चर्चा थियो । तर कृष्णा राज कपूरको अन्तिम संस्कारमा दुवैले अंकमाल गरेर अनुमानलाई पूर्णविराम लगाइदिए ।
–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : १५ बजे

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई