कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो | Khabarhub Khabarhub

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो । रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको छ ।

पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमअनुसारको पढाई सञ्चालन गर्न मातहतका सबै निकायहरुमा परिपत्र गरेको भएपनि गत असोज ३० गते नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै भगवता अर्यालसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

विद्यालय तहको पाठ्यक्रम बनाउने विषय स्थानीय तहको भएको भन्दै परेको रिट सर्वोच्चले खारेज गरेसँगै अब नयाँ पाठ्यक्रम नै लागू हुने भएको हो । यसअघि अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरेपनि केही विद्यालयहरुले भने पुरानै पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरिरहेका थिए ।

यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । तर आज सर्वोच्चका न्यायाधीशहरु केसी र ढुंगानाको इजलाशले रिट नै खारेज गरेको हो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : २३ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार