साँढेको आक्रमणबाट वृद्धाको मृत्यु | Khabarhub Khabarhub

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मङ्गलबार राति ९ बजे आफ्नै घर अगाडि बाटोमा हिँडिरहेकी अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १ : ५० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन