पहाडी भेगमा आंशिक बदली, तीन दिनसम्म वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

पहाडी भेगमा आंशिक बदली, तीन दिनसम्म वर्षाको पूर्वानुमान


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान वुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । योक्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।

वर्षासँगै देशका विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौँ उपत्यकाको ताप्रकम आज केही वृद्धि भएको छ । सोमबार न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज आज बिहानको मापनमा पाँच दशमलव पाँच डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पौष २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २९ गते (बुधबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २  र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १ गते (बिहीबार)

दिउँसो :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : २५ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन