रुपन्देहीमा खटिए ११ सय गणक, सही विवरण दिन मुख्यमन्त्री केसीको आग्रह | Khabarhub Khabarhub

रुपन्देहीमा खटिए ११ सय गणक, सही विवरण दिन मुख्यमन्त्री केसीको आग्रह


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – आज बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनाका लागि रुपन्देहीमा एक हजार १२१ जना गणकहरु खटिँदै छन् । जनगणनाको सबै तयारी सकिएको र गणक बिहीबारदेखि हरेक घरदैलोमा पुग्ने लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही “क” ले जानकारी दिएको छ ।

जनगणना अधिकारी कृष्णराज पाण्डेका अनुसार जिल्लाको ७ स्थानीय तहको गणनाका लागि ५२० जना गणक खटाइएको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, गैंडहवा गाउँपालिका, कन्चन गाउँपालिका, मायादेवी गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा ती गणकले जनगणनाको विवरण संकलन गर्नेछन् ।

जिल्ला जनगणना कार्यालय रुपन्देही “ख” ले भने अन्य ९ वटा स्थानीय तहको गणनाका लागि ६०१ जना गणक खटाएको छ । ती गणकलाई सिद्धर्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा खटाइएको जनगणना अधिकारी अवधेशकुमार शुक्लाले बताए ।

गणकले स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरको सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद सम्बन्धी विवरण समेत संकलन गर्नेछन् । जनगणनाकै क्रममा घरपालुवा पशुपंक्षीको विवरण पनि संकलन गरिने जनगणना अधिकारी शुक्लाले बताए ।

जनगणनामा खटिने गणकलाई चार दिनसम्म तालिम प्रदान गरिएको थियो । तालिम लिएपछि उनीहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा खटाइएको जनगणना अधिकारी कृष्णराज पाण्डेले बताए । `हामीले गणकहरुलाई आवश्यक पर्ने सबै सामग्री दिएर फिल्डमा खटाएका छौं, अब उनीहरुले विवरण संकलन गर्छन्,´ उनले भने । जनगणना १५ दिनभित्र सक्ने लक्ष्य राखिएको छ ।

कार्यालयले गत भदौ ३० गते पहिलो चरणमा घरको सूचीकरण गरेको थियो । असोज १८ सम्म भएको सूचीकरणको काममा १३० जना सुपरिवेक्षक खटिएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनगणनामा गणकले सोधेका प्रश्नको सही जवाफ दिन प्रदेशबासीलाई अपिल गरेका छन् ।
नागरिकले टिपाएका विवरण तथ्यांक ऐन २०१५ बमोजिम गोप्य रहने भन्दै उनले गोपनियताका विषयमा कुनै द्विविधामा नपरी सही उत्तर दिन आग्रह गरेका हुन् ।

देशले संघीय शासन अंगालेपछिको यो पहिलो जनगणना भएकाले यसको विशेष अर्थ र महत्व रहेको भन्दै मुख्यमन्त्री केसीले अव प्रादेशिक मोडलमा आधारित जनसंख्याको सही विवरण आउने भएकाले यो प्रदेशबासीका लागि पनि खुशीको कुरा भएको बताए ।

जनगणनाबाट आउने तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने भएकाले यसका लागि सही विवरण उपलव्ध गराउनु नागरिकको कर्तव्य हुने उनले बताएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : ५५ बजे

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित