पूरा गरे आमाहरुले बाल्यकालको पढ्ने रहर | Khabarhub Khabarhub

पूरा गरे आमाहरुले बाल्यकालको पढ्ने रहर



पोखरा– सानो उमेरमा विद्यालय शिक्षाबाट बञ्चित भएकी म्याग्दी बेनीकी ६० वर्षीया भुलुमाया तिलिजालाई पढ्ने रहर जाग्यो । प्रविधिको विकास हुँदै जाँदा उनले पढाईको महत्व बुझिन् ।

सानोमा पढ्ने रहर भएर पनि पढ्न नपाएकी उनले बुढेसकालमा भए पनि पढ्नु पर्यो भन्ने चाहनालाई बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदियो ।

३०७३ सालमा उक्त विद्यालयबाट अनौपचारिक शिक्षा लिन थालेकी तिलिजाले गत वर्ष एसईई दिने तयारी गरेकी थिइन् । परीक्षामा सहभागी भएर प्रतिस्पर्धाबाटै एसईई पास गर्ने विश्वास लिएकी उनलाई परीक्षा भने दिनु परेन ।

कोरोना संक्रमणको जोखिमका कारण लगातार दुई वर्ष आन्तरिक मूल्याङ्नको आधारमा निकालिएपछि ६० वर्षीया महिला तिलिजासँगै नौ जना महिलाले यो वर्ष एसईई उत्तीर्ण गरेका छन् ।

भुलुमायासँगै एसईई उत्तीर्ण गरेकी ५५ बर्षिय लालकुमारी सापकोटा पनि बाल्यकालको पढ्ने रहर पूरा भएकोमा खुशी देखिन्छिन् ।

म्याग्दी बेनीबस्ने ३७ वर्षीया सबिना नेपालीले पनि बृद्धाआमाहरुसँग एसईई उत्तीर्ण गरिन् । सबिनालाई सानो उमेरमा पढ्ने रहन नभएको होइन । तर आर्थिक अवस्था कमजोर भएका कारण उनको बाल्यकाल घाँस दाउरामा बित्यो । उमेर गएपछि पनि पढ्ने चाहना पूरा भएकोमा उनीहरु औधी खुशी छन् ।

भुलुमाया, लालकुमारी, सबिनासँगै ४८ वर्षीया भुलकुमारी तिलिजा, ३६ वर्षकी तिर्सना भण्डारी, ३० वर्षीया रेणु विक, २८ वर्षकी पुष्पा शाही, २५ वर्षकी र २४ वर्षकी ललिता तिलिजाले पनि यो वर्ष एसर्ईई परीक्षा उत्तीर्ण गरे ।

विद्यालय ब्यवस्थापन समिति उपाध्यक्ष राजेश शाक्यकाअनुसार वि.स. २०७३ सालमा स्थापना भएको यो विद्यालयमा २० भन्दामाथिका ६८ जना महिलाहरु अध्ययनरत छन् । ऊबेला कालोपाटीमा कखरा लेख्नुपर्ने आमाहरुलाई प्रविधिको विकासले गर्दा अहिले कम्प्युटरमा पढ्ने सौभाग्य मिलेको छ ।

प्रदेश सरकार, नगरपालिका तथा शिक्षा विकास समन्वय इकाईको आर्थिक सहयोगबाट पढ्ने अवसर पाएका आमाहरु सामाजिक कामहरु पनि उत्तिकै सक्रिय देखिन्छन् ।

विद्यालय सञ्चालन भई पहिलो पटक एसईई परीक्षा उत्तीर्ण गरेका नौ जना आमाहरुलाई सोमबार विद्यालयले सम्मान गरेको थियो । बुढेसकालमा पनि शिक्षालाई निरन्तरता दिएका महिलाहरुको सम्मान कार्यक्रममा सहभागी गण्डकी प्रदेशकी पूर्वमन्त्रीसमेत रहेकी सांसद नरदेवी पुनले एसईईपछिको अध्ययनलाई पनि निरन्तरता दिन आमाहरुलाई सुझाएकी छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : ५० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम