सर्पले डसे के गर्ने ? | Khabarhub Khabarhub

सर्पले डसे के गर्ने ?


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा देखिने प्रमुख समस्या मध्ये एक हो, सर्पको टोकाइको त्रास । मनसुन सुरु भएसंगै सर्प बाहिर निस्कने र यसले मानव बस्ति र घरमा आश्रय लिने भएकाले यसको टोकाइको जोखिम बर्षायाममा बढि हुन्छ । त्यसैले गर्मीमा सर्पदंशको घटना बढ्ने गर्दछ ।

सर्पको विष हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक गरी ३ प्रकारको हुन्छ । पहिलो हिमोटोक्सिक बिष पाउने सर्पको टोकाइले रक्त कोशिकामा आक्रमण गर्दछ जसका कारण शरिरमा थुप्रै स्थानबाट रक्तश्राव हुन्छ र रगतको बान्ता हुने गर्दछ । त्यस्तै न्यूरोटक्सिक बिष भएको सर्पको टोकाइले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ । र मायोटक्सिक बिष भएका सर्प समुन्द्रमा पाइने भएकाले नेपालमा यसको संख्या सून्यको स्थितीमा छ ।

यस्तोमा कुनै असावधानी वा अन्जानमै सर्पले टोकेमा के गर्ने ? सर्पले टोकि हालेमा अपनाउनु पर्ने घरेलु उपाय यस्ता छन् ।

१. घाइतेलाई सुत्न (निदाउन) नदिने ।

२. सुई निकालिएको इन्जेक्सनले सर्पले टोकेको स्थानबाट ५/७ पटक रगत तान्नुहोस् ।

३. घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

४. सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्दा संक्रमणको खतरा कम हुन्छ ।

५. चिसो माटोको पट्टी बनाएर टोकेको स्थानमा राख्दै हरेक १० मिनेटमा परिवर्तन गर्ने ।

६. दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

७. लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुन्छ ।

८. मूलाको पात रगढ्दा जलन कम हुन्छ ।

तर स्मरण राख्नुहोस्, सर्पको टोकाइ घरभित्रको उपचारले निको हुदैँन । यसकालागि अनिवार्य अस्पताल अझ सर्पदशं अस्पताल जानैपर्छ । त्यसले सर्पले टोकेपछि सर्पदशं अस्पताल जान ढिलो नगर्नुहोस् । अन्यथा ज्यान जाने खतरा बढ्दछ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : २२ बजे

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक