नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै | Khabarhub Khabarhub

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ ।

प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने सहभागी हुने छैनन् ।  दुबै खेलाडी चोटका कारण फिट छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ  । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ  ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ४० बजे

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ सुरुवाती तीन दिनमा

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं– तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध