महोत्तरीकी सुजिताको हत्या : साढे एक महिनामा भेटियो शव, अभियुक्तद्वारा अपराध स्वीकार | Khabarhub Khabarhub

महोत्तरीकी सुजिताको हत्या : साढे एक महिनामा भेटियो शव, अभियुक्तद्वारा अपराध स्वीकार


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका–७, भ्रमपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको एक महिना सात दिनपछि शव फेला परेको छ । आइताबार प्रहरीले उनको आफ्नै घडेरीमा निर्माणाधीन शौचालयको ट्याङ्की भित्र गाडिएको आवस्थामा शव फेला पारेको हो ।

सुजिताको हत्या गरी काठ मिलको निर्माणाधिन शौचालयको ट्याङ्की भित्र गाडेर माथिबाट ढलान गरेको अवस्थामा शव फेला परेको हो ।

गत जेठ २० गते राति पारिवारिक विवाद भएपछि हत्या गरेको कुरा सुजिताका देवर रूपेश ठाकुरले स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रदेश २ प्रहरीका डीईजी उमेश रञ्जितकारले अभियुक्तले हत्या गरेको स्वीकार गरे पनि ठोस कारण नखुलेको बताए ।

उनका अनुसार पहिलेकै पहिले कपाल भटिएकै ठाउँमा खेतमका गाडिएको थियो । शव गह्नाएको संकेत पाएपछि निर्माणाधीन शौचालयमुनि गाडेर माथिबाट ढलान परेको प्रहरीको भनाइ छ ।

सुजिता बेपत्ता भएको २३ दिनपछि प्रहरीले घरबाट एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा कपालसहित मानव अवशेष बरामद गरेको थिए । तर, शव फेला परेको थिएनन् । असार १३ गते प्रहरीले उत्खनन गर्दा केश, रगतले रातो भएको माटो, मलखाद, कपडा र शव गलाउन प्रयोग गरिएको नुनको प्लास्टिक बरामद गरेको थियो ।

अवशेष फेला परे पनि प्रहरीले सुजिताकै हो भन्ने पक्का भएको थिएन । हत्या आरोपमा पक्राउ गरेका सुजिताका श्रीमान र देवरबाट प्रहरीले ठोस आधार फेला पार्न सकेको थिए । माइती पक्षले असार २० गते ६ जना विरुद्ध किटानी जाहेरी दिएपछि छिमेकीको सहयोगमा प्रहरीले अभियुक्तहरु फेला पारेको हो ।

हत्यापछिको डेढ महिना

घरमा अंशबण्डा गर्ने विषयमा विवाद थियो । यही विषयमा सुजिता निर्घात कुटिएकी थिइन् । यो घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मिलापत्र भएर टुङ्गिएको थियो । माइती पक्षका अनुसार देवर रुपेश र उनका आमाबाबुले सुजितामाथि कुटपिट गरेका थिए । प्रहरीमा उनीहरुले अबदेखि कुटपिट नगर्ने वाचा गरेका थिए ।

सुजिताका श्रीमान् मुकेश सुस्त मनस्थितिका छन् । अंशबण्डाको विवाद गत जेठ १९ गते भएको थियो । त्यसको भोलिल्ट सुजिताका घरका मानिसले सुजिता परपुरुषसँग भागेको भन्ने हल्ला चलाए । दुई सन्तानकी आमा सुजितामाथि घरमा कुटपिट हुने गरेको र ज्यान मार्ने धम्की दिने गरेको भन्ने थाहा पाएका माइतीहरूले परपुरुषसँग भागेको भन्ने कुरा पत्याएनन् ।

माइती पक्ष हत्याको किटानी जाहेरी लिएर असार ७ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुग्यो । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन आनाकानी गरेपछि उनीहरूले महिला सेलमा निवेदन दिए । प्रहरीले सुजिताका एक जना पुरुष साथीलाई पक्राउ गरे पनि आरोप प्रमाणित भए । त्यसपछि जिल्ला प्रहरीले बेवास्ता गर्‍यो ।

माइती पक्षले सुजिता जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गरे, केही पत्तो लागेन । कामेश्वरले नेताहरू पनि गुहारे । सुजिता बेपता भएको तेस्रो साता कामेश्वरले स्थानीय सामाजिक अभियानी सरोज राय र गुञ्जा रायसँग भेट गरे । उनीहरुको सक्रियतामा असार दोस्रो साता प्रहरी अनुसन्धान शुरू भयो ।

सुजिताका दुई सन्तान छन्, ९ वर्षकी छोरी आँचल र पाँच वर्षका छोरा रौनक । अहिले दुवै जना मावलीमा छन् । सुजिताकी आमा सीतादेवीले नाति रौनकलाई घटनाबारे सोध्दा पोल खुलेको देखिने भिडियो सार्वजनिक भएको थियो । भिडियोमा तोते बोलीमा रौनकले आमालाई काठ काट्ने मसिनले घाँटी रेटेर अंकल र हजुरबुबाले मारेको बताएका छन् । आमालाई मारेर फ्रिजभित्र राखेको र आफूलाई अर्को कोठामा सुत्न पठाएको रौनकले बताएका छन् ।

ससुरा अझै फरार

सुजिता हत्याका अभियुक्त ससुरा पतिराम अझै फरार छन् । हत्याको मुख्य योजनाकार उनी हुन भन्ने आरोप माइती पक्षको छ । माइतीले सुजिताको हत्यामा उनका श्रीमान मुकेशको संलगनता नरहेको अनुमान गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ४४ बजे

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।