बस्दा खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात ! | Khabarhub Khabarhub

बस्दा खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात !


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा खुट्टा हल्लाइरहने बानी हुन्छ । चुपचाप बस्दा वा कसैसँग कुराकानी गरिरहेको बेला यस्ता मानिसमा खुट्टा हल्लाउने बानी हुन्छ । तर यो बानी नभएर एउटा बिरामीको संकेत हो ।

सामान्यतः सबै मानिसले खुट्टा हल्लाउने गर्दछन् । धेरैले यसलाई बानी व्यवहार माने पनि विशेषज्ञ भने बिरामीको संकेत मान्दछन् ।

यसरी खुट्टा हल्लाउने बानी भएकामा हृदयाघात हुने खतरा बढी हुन्छ । चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई ’रेस्टलेस लेग सिन्ड्रोम’ भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको हुन्छ ।

हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा. जोन डब्लू विकलम्यानका अनुसार ’खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्दछ । यस्ता व्यक्तिले निदाउनु भन्दा पहिले दुई सयदेखि तीन सय पटकसम्म खुट्टा हल्लाइसकेका हुन्छन् । खुट्टा हल्लाउनाले रक्तचाप र मुटुको चाल बढ्छ । पछि गएर यो मुटुको रोगको सबैभन्दा ठूलो कारक समेत बन्न सक्छ ।

अनुसन्धानकर्ता डा. विकलम्यानले यो नतिजा ३ हजार ४ सय व्यक्तिमा अध्ययन गरेर निकालेका हुन् । अध्ययनमा सामेल व्यक्तिहरूको औसत उमेर ६८ वर्ष थियो । तिनको खुट्टा हल्लाउने समस्या र मुटु रोगबीच तुलनात्मक अध्ययन गरियो ।

सात प्रतिशत महिला र तीन प्रतिशत पुरुषमा खुट्टा हल्लाउने समस्या र मुटु रोगको प्रत्यक्ष सम्बन्ध रहेको पाइयो । यति मात्र नभई, खुट्टा हल्लाउने बानी पनि भएका र बढी उमेर, बढी तौल, उच्च रक्तचाप र धूमपानको अम्मल पनि भएका व्यक्तिहरूमा हृदयाघातको जोखिम झन् बढी हुने गरेको पाइयो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर