जिल्ला अदालत सुर्खेतद्वारा पीडित राउटे युवतीको पहिचान खुल्ने सामग्री हटाउन आदेश | Khabarhub Khabarhub

जिल्ला अदालत सुर्खेतद्वारा पीडित राउटे युवतीको पहिचान खुल्ने सामग्री हटाउन आदेश


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अदालत सुर्खेतले पीडित दुई राउते युवतीको पहिचान खुल्ने गरी सामाजिक सञ्जाल र अनलाइन पोर्टलमा आएका सामग्री तत्काल हटाउन र नहटाए कारबाही गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले शुक्रबार ‘सामाजिक सञ्जाल, युट्युब समेतमा पीडितको नाम, अनुहार स्पष्ट पहिचान हुने गरी सामाग्रीहरू प्रसारण गरिएको देखिएको’ भन्दै प्रारम्भमा ती सामाग्री हटाउन आग्रह गर्ने, नमाने कारबाही गर्न आदेश जारी गरेको हो।

पीडितहरुको पहिचान गोप्य राख्नुपर्ने कानुनी प्रावधान हुँदा हुँदै यस्तो संवेदनशील विषयमा गम्भीर नदेखिएको अदालतले ठहर गरेको हो ।

‘यूट्यव लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामाग्री हटाउन नेपाल सरकार मार्फत विज्ञप्ति जारी गर्नुपर्ने अवस्था छ। त्यसका लागि गृहमा आदेश पठाउनू, विज्ञप्तिपछि पनि यस्ता सामाग्री प्रसारण भएमा वा सामाग्री नहटाइएमा कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयमा लेखी पठाउने’, आदेशमा भनिएको छ।

अदालते राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तीन जनालाई अनुसन्धानका लागि असार ५ गतेसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : ४७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई