भोजपुरमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण | Khabarhub Khabarhub

भोजपुरमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले विभिन्न होम आइशोलेसनमा रहेका व्यक्तिलाई आयुर्वेदिक औषधि वितरण गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई फैलिन नदिन लक्ष्य च्यावनप्राश, अश्वरगन्धा चूर्ण, गुर्जाेलगायत आयुर्वेदिक औषधि वितरण गरिएको हो ।

केन्द्रले जिल्लाका विभिन्न ठाउँमा रहेका आइशोलेसन पुगेर आयुर्वेदिक औषधि वितरण गरेको कार्यालयले जनाएको छ । आयुर्वेदिकको औषधि नियमित सेवनल रोगसँग लड्ने क्षमतामा बढ्ने केन्द्रको भनाइ छ ।

हालसम्म भोजपुुरको कोभिड अस्पताल रामप्रसादराई गाउँपालिका, भोजपुर नगरपालिका र जिल्ला अस्पतालमा आइसोलेशनमा रहेकामा औषधि वितरण भइसकेको र अन्य स्थानीय नागरिकलाई समेत वितरण गरिने योजना रहेको आयुर्वेद केन्द्रका सूचना अधिकारी दिलीपकुमार झाले जानकारी दिए ।

झाले भने, ‘‘जिल्लामा संक्रमितको सङ्ख्या बढिरहेको छ । आयुर्वेदिक औषधिले रोगसँग लड्ने क्षमता विकास गर्छ । जिल्लाका सबै संक्रमितलाई औषधि वितरण गर्ने लक्ष्य छ ।’’

कोरोना संक्रमित विरामीका लागि आयुर्वेदिक औषधीको प्रयोगले प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले यसको प्रयोग उपयोगी रहेको चिकित्सकले जनाएका छन् । संक्रमण दर दिनप्रतिदिन वढी रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न जिल्ला अस्पताल भोजपुरका प्रमुख फिपराज विश्वकर्माले आग्रह गरे ।

आयुर्वेदिक औषधि सबैको लागि उपयोगी भएकाले यसलाई प्राथमिकतामा राखेर वितरण गर्नुपर्ने जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । यस्ता औषधि खरिद तथा वितरणमा प्रदेश तथा केन्द्र सरकारले प्रामिकतामा राखेर काम गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले बताए ।

कूल १५४ थान विभिन्न खालका प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । शुक्रबारसम्म भोजपुरमा संक्रमितको संख्या ५५६ पुगेको छ भने २३९ जना निको भएर फर्केका छन् । जिल्लामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । –रासस

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : ४५ बजे

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते