जनगुनासोपछि जिल्ला प्रशासन काठमाडौँद्वारा खोप केन्द्रको अनुगमन | Khabarhub Khabarhub

जनगुनासोपछि जिल्ला प्रशासन काठमाडौँद्वारा खोप केन्द्रको अनुगमन


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको खोप अभियान प्रभावकारी नभएको गुनासो परेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।

प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौँको ग्रान्डी र अल नेपाल अस्पताल पुगेर अनुगमन गरेको हो । ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूलाई खोप लगाउन शुरू गरिएपछि पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई पनि खोप दिएको उजुरी परेपछि अनुगमन गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

उनले अनुगमनका क्रममा ६० देखि ६४ वर्ष उमेरसमूह बाहेकका व्यक्तिलाई खोप दिएको नपाइएको जिकिर गरे । त्यस्तै उनले खोप अभियानलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गरिने जानकारी दिए ।

सरकारले ६० देखि ६४ वर्ष उमेरसमूहका लागि खोप अभियान सञ्चालन गरेको हो । तर खोप सकिएको भन्दै काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित गरिएको छ । उपत्यकाका अन्य नगरमा भने खोप कार्यक्रम जारी छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : २५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र