‘द फेमिली मेन ३’मा कोरोना महामारी कथा | Khabarhub Khabarhub

‘द फेमिली मेन ३’मा कोरोना महामारी कथा


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लोकप्रिय वेब सिरिज ‘द फेमिली मेन २’ सिजन जहाँ समाप्त हुन्छ, त्यही अन्तिम दृश्यमा चिनियाँ कोरोना महामारीको झलक देखाइएको छ । यो झलकको बारेमा निर्देशक राज निदिमोरुले नयाँ कुराको खुलासा गरेका छन् ।

निर्देशक राज निदिमोरु राज र डीकमा एक हुन् । जसले वेब सिरिज ‘द फेमिली मेन’को निर्देशन गरेका थिए । उनले यसअघि ‘द फेमिली मेन’को दोस्रो सिजनको अन्तिम दृश्यमा तेस्रो सिजनको पृष्ठभूमि हल्का रुपमा देखाइने बताएका थिए ।

उनको भनाई अनुसार नै दोस्रो सिजनको अन्तिम दृश्यमा कोरोना महामारीको पृष्ठभूमि देखाइएको छ ।

अन्तिम दृश्यमा एक रहस्यमय व्यक्ति कोलकातामा बसेर आफ्नो चिनियाँ हेण्डलरलाई प्रोजेक्ट ‘गुआन यू’ सुरु गर्न निर्देशन दिन्छन् ।

‘यो दृश्य अलग्गै खिचिएको हो । यो टिजरका रुपमा सिरिजमा राखिएको हो’, राजले भनेका छन् । उनले तेस्रो सिजनमा कोरोना महामारीको झलक हुने भनेपनि कस्तो कथामा महामारी जोडिन्छ भन्ने विषय खुलाएका छैनन् ।

उनले कोरोना महामारीको हिस्सा कथामा जोडिने भएपनि कथा नलेखिएको जनाए । ‘द फेमिली मेन’मा मनोज वाजपेयी श्रीकान्त तिवारीको भूमिकामा छन् । जो आफैंमा एक जासुस हुन्छन् । उनी देशमाथि हुन लागेको हमलासँग लड्नका लागि तयार हुन्छन् । यो शोमा प्रियामणि, शरद केलकर र श्रेया धनवन्तरी पनि प्रमुख भूमिकामा छन्

अभिनेत्री समान्था अक्किनेनीले भने ‘द फेमिली मेन २’मार्फत डिजिटल डेब्यू गरेकी छन् । उनको भूमिकालाई निकै मनपराइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : १० बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार