संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको छ : बाबुराम भट्टराई | Khabarhub Khabarhub

संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको छ : बाबुराम भट्टराई


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको संकेत गरेका हुन् ।

‘यो सरकारले चुनाव घोषणा गरेको छ । ६ महिनामा चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको छ ।’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । संविधान नभएपछि जुन भ्याकुम पैदा हुन्छ । अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्ने ग्राण्ड डिजाइन हो ।’

उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए । भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ ।’

सभामुखले दलहरुसँग गरेको छलफलको पहल सही भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ५ : ५३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर