युरोकप आजदेखि, उद्घाटन खेलमा इटाली र टर्की भिड्दै | Khabarhub Khabarhub

युरोकप आजदेखि, उद्घाटन खेलमा इटाली र टर्की भिड्दै


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजदेखि शुरु हुँदैछ ।

इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुनेछ ।

ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता शुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

कुन समूहमा कुन टिम ?

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : ५० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र