दुर्घटनामा परेको मोटरसाइकलमा भेटियो लागूऔषध, तीन जना पक्राउ | Khabarhub Khabarhub

दुर्घटनामा परेको मोटरसाइकलमा भेटियो लागूऔषध, तीन जना पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले मोरङबाट तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलबाट लागूऔषध भेटिएपछि तीनजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ छन् ।

एसपी खड्काका अनुसार धमला र भट्टराई सवार प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यसपछि अनुसन्धानका क्रममा धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको भेटिएको हो ।

अहिले उनिहरुमाथि थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ०८ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ