मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ | Khabarhub Khabarhub

मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने वर्ष १६, वीरेन्द्रनगर–२ कोलडाँडाका वर्ष १७ र वीरेन्द्रनगर–४ बस्ने वर्ष १६ का किशोर छन् । उनिहरुको अन्य विवरण भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुार सबै १८ वर्षमुनिका रहेकाले विवरण नखुलाइएको हो ।

अस्पतालका इञ्चार्ज समेत रहेका डा. शंकरप्रसाद रिजाल र डा. यादवप्रसाद उपाध्यायमाथि बिहीबार बेलुका हातपात भएको थियो । डा. रिजाल अस्पतलबाट घर जान लागेका थिए भने उपाध्याय अफिस जान लागेका थिए। उनीहरू दुबै जना एकैठाउँमा भेटिएकाले जम्काभेट भएका तीन जनाले हातपात गरेका हुन्।

हातपात गर्नुको कारण भने खुलेका छैन। हातपात गर्नेहरूले अत्यधिक मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : १८ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन