पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै भारी वर्षा हुने : मौसम विभाग | Khabarhub Khabarhub

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै भारी वर्षा हुने : मौसम विभाग


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी वर्षासमेत हुने जानकारी दिए।

‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक-दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ,’ पौडेलले भने,‘वर्षा विस्तारै बढ्न थालेको छ,आगामी हप्ता ठाउँ ठाउँमा भारी वर्षा भएर बाढी-पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु।’ उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ। त्यसले बागमती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ।

मौसमविद्हरूका अनुसार सामान्य रूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो। यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो। अक्टोबर २ मा बाहिरिनेछ। सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिले कार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ।

प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ। उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ। रासस

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : ३५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको