कोरोना संक्रमण रोकथामका लागि ७० जिल्लामा निषेधाज्ञा (सूचीसहित) | Khabarhub Khabarhub

कोरोना संक्रमण रोकथामका लागि ७० जिल्लामा निषेधाज्ञा (सूचीसहित)


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढेपछि ७० जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७० जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६१ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब ७ जिल्ला मात्र खुला छन् ।

पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा रसुवा, पाँचथर र सोलुखुम्बु छन् ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

कहाँ कहाँ छ निषेधाज्ञा हेर्नुहोस् सूची

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ५६ बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु