अक्सिमिटरको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

अक्सिमिटरको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– कोरोना भाइरस संक्रमण महामारीको मौका छोपी अक्सिमिटरको कालोबजारी गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट एक जना सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय बिनिता सर्जिकल स्टोरका सञ्चालक ३० वर्षीय भुपनारायण शाह छन् । सिरहाको शुखिपुर नगरपालिका घर भएका उनले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर सञ्चालन गर्दै आएका थिए । प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार उनले १ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको खुलेको छ ।

शाहलाई अहिले प्रहरीले कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर