यसरी बनाउनुहोस् इण्डियन स्टाइलको भेजिटेबल कवाफ | Khabarhub Khabarhub

यसरी बनाउनुहोस् इण्डियन स्टाइलको भेजिटेबल कवाफ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पाइने भेजिटेबल तरकारीहरूलाई नै राखिएको छ । तर यहाँ पकाउने तरिकाहरू फरक फरक छन् ।

यसैलाई मिक्स भेजिटेबल पनि भनिन्छ । भेजिटेबल कुर्मा पनि भनिन्छ वा भेजिटेबल पाउभाजी पनि भनिन्छ । खास गरेर पकाउने भान्छे तथा कुकले एक दुई चोटी मसला फरक गरेपछि सबै नाउँहरू उब्जिन्छन् । अब तल दिइएको विधिलाई तपाईं नै न्वारान गरी नाउँ राख्नुहोस् ।

आवश्यक सामग्री : गाजर १ मुठा १ इञ्चको लामो पिसमा काट्ने, घिउसिमी १०० ग्राम, सलगम १ मुठा, पनिर १०० ग्राम, भेडे खोर्सानी ५० ग्राम, हरियो मटरकोशा १०० ग्राम, प्याज ५० ग्राम, वन्दाकोबि १०० ग्राम, गोलभेडा ५० ग्राम, काँचो नरिवलको रस चिया गिलासको १ गिलास, जिरा धनियाँको पाउडर १/१ चम्चा, गरम मसला चिया चम्चाको १ चौथाई, नुन, बेसार, अजिनोमोटो इच्छानुसार, तेल वा घिउ ५० ग्राम, १ चम्चा मरिचको धुलो, १/१ चम्चा अदुवा+लसुन पेष्ट, दही १०० मिलिग्राम ।

बनाउने विधि : सबै तरकारी लाम्चो फ्रेन्च पीसमा काट्नु र गाजर भेडेखोर्सानी बाहेक अरू सबै तरकारी उमाल्नु र पानी तार्नु । अब तेल तताई प्याज फ्राई गर्नु र हाफ फ्राई भएपछि अन्य सबै तरकारी मसला, नुन, अदुवा, लसुन, नरिवलको रस, दही फिटेर हाल्नु र ४/५ मिनेट छोपेर पकाउनु । अन्तमा गरम मसला राखी निकाल्नु । अब खानलाई तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २५ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ