अधिकारी हत्याका अभियुक्तले पाए सफाइ | Khabarhub Khabarhub

अधिकारी हत्याका अभियुक्तले पाए सफाइ


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अनशनरत गङ्गामाया अधिकारीका छोरा कृष्णप्रसादको हत्याका अभियुक्तहरूले सफाइ पाएका छन् ।

न्यायाधीशहरू चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले १२ जना अभियुक्तलाई सफाइ दिने चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको पाटन उच्च अदालत, हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले जानकारी दिए ।

२०६१ सालको जेठ २४ गते चितवनको बकुलहरमा गङ्गामायाका कान्छा छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादीले सुराकी गरेको आरोप लगाउँदै गोली हानेर हत्या गरेको थियो ।

छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गङ्गामाया अधिकारी १२ औँ अनशनरत छिन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ३० बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७