नवलपुरमा १४ को पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि  | Khabarhub Khabarhub

नवलपुरमा १४ को पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि 


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर–कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखापरेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरिरहेका बेला पूर्वी नवलपरासीको कावासोतीमा पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको भन्दै जिल्लावासीमा पुनः त्रासदी थपिएको छ ।

कावासोती नगरपालिका १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा आज तीन जना कोरोना संक्रमित फेला परेका हुन् ।

आज नवलपरासीपूर्वका १४ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

आज संक्रमण पुष्टि हुनेमा कावासोती नगरपालिका १६ का ४१ वर्षीया महिला, देवचुली नगरपालिका २ का २६ वर्षीय पुरुष र गैडाकोट नगरपालिका १ का ३४ वर्षीय पुरुष रहेका छन् ।

संक्रमित मध्ये एक जनालाई सोही अस्पतालाको आइसोलेशनमा राखिएको छ भने २ जना होम आइसोलेशनमा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।

नवलपुरमा गत फागुन २ गतेबाट पीसीआर परीक्षण गर्न शुरु गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ४५ बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो