यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा (भिडियोसहित) | Khabarhub Khabarhub

यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा (भिडियोसहित)


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न कार्यक्रम गरी आज घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गर्‍यो ।

हेरौँ भिडियो

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

टुँडिखेलमा उपस्थित प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

घोडचडीमा विभिन्न वाधाहरु सकुसल पार गरेपछि खुसी हुँदै सैनिक ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो ।

कुकुरको सहायताले विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरू ।
घोडचडी सैनिकहरु सलामी अर्पण गर्दै ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरु ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरु ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ३७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र