राष्ट्रपतिले वितरण गरेको पदकमा नयाँ नक्शा नराखेको विरोधमा प्रदर्शन | Khabarhub Khabarhub

राष्ट्रपतिले वितरण गरेको पदकमा नयाँ नक्शा नराखेको विरोधमा प्रदर्शन


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभूषणमा नेपालको नयाँ नक्शा नराखेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

नेकपा एमालेको माधव नेपाल समूहका विद्यार्थीले चुच्चे नक्शाको ठाउँमा पुरानै नक्शा अंकित गरिएको विरोधमा प्रदर्शन गरेका हुन् ।

लिपुलेक र लिम्पियाधुरासहितको नक्शा बोकेर नेपाल समूह निकटको अनेरास्ववियूले माइतीघरमा प्रदर्शन गरेको हो ।

उनीहरूले झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा घोषणा गरिएको विभिन्न विभूषण तथा पदक राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नभई नेपालको पुरानै नक्शा राखिएको थियो । सरकारले भने पदक घोषणा गत वर्ष भएकाले त्यही समयमा प्रचलनमा रहेको नक्शा राखेको बताउँदै आएको छ ।

राष्ट्रपतिले वितरण गरेको विभूषणमा नेपालको पुरानै नक्शा अंकित गरिएपछि सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : ५३ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही