म्यानमारमा थप ७ प्रदर्शकारीको मृत्यु | Khabarhub Khabarhub

म्यानमारमा थप ७ प्रदर्शकारीको मृत्यु


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानमारमा बिहीबार भएको प्रदर्शनमा विहीबार थप ७ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले स्थानीय मिडिया र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको जनाएको हो ।

सर्वोच्च नेता आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिको रिहाइको माग गर्दै सैन्य ‘कू’विरुद्ध डेढ महिनादेखि म्यानमारमा प्रदर्शन भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार मात्रै म्याइङ्ग अस्पतालका डाक्टरले ६ जनालाई मृत घोषणा गरेका छन् । अन्य एक जनाको अवस्था एकदमै गम्भीर भएर अस्पताल ल्याइएकोमा पछि मृत्यु भएको रोयटर्सले लेखेको छ ।

म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।

म्यानमारमा भएको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि भएको ज्यादतीविरुद्ध मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ । एमनेस्टीले सैन्य शासकले अब प्रदर्शनकारीहरुमाथि युद्धको रणनीति अपनाउन लागेको जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : २६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर