जनता ठग्दै थलापति विजय ! | Khabarhub Khabarhub

जनता ठग्दै थलापति विजय !


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२१ को पहिलो सुपरहिट फिल्म ‘मास्टर’ पछि दक्षिण भारतीय अभिनेता थलापति विजय नयाँ प्रोजेक्टमा लागेका छन् ।

पिंकविलामा प्रकाशित समाचारअनुसार विजयको फिल्म ‘थलापति ६५’ हाल प्री–प्रोडक्सन चरणमा छ । फिल्मको युनिट रुस यात्रामा छ ।

फिल्मका निर्माताहरु यही मेमा सुटिङ सुरु गर्न चाहन्छन् । फिल्ममा विजय एक ठगको भूमिकामा देखिँदैछन् ।

‘यो फिल्ममा विजय नयाँ अवतारमा देखिँदैछन् । फिल्ममा उनी ठगको भूमिकामा हुनेछन् । जो जनतालाई ठगी गर्न खप्पिस छ ।’ समाचारमा उल्लेख छ ।

फिल्ममा कमेडीसँगै भावुकतालाई पनि प्रस्तुत गरिनेछ । फिल्ममा ठगको चरित्र निर्वाह गर्नुपर्ने भएकाले पनि विजयले यसको स्क्रिप्टलाई मनपराएका छन् ।

फिल्ममा अभिनेत्रीका लागि पूजा हेगडेको नाम फाइनल भइसकेको छ । अभिनेता नवाजुद्दीन सिद्दीकी विजयको अपोजिट भूमिकामा देखिनेछन् ।

फिल्मको छायांकन यसै वर्षको सेप्टेम्बरमा सकिनेछ । रिलिज चाहिँ आगामी वर्षको जनवरीमा हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १२ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र