पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी | Khabarhub Khabarhub

पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी भएको छ ।

अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय पनि भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने बताउनुभयो ।

पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीहरूकाे लगानीका लागि आईपीओ जारी गरिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ३० बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको