महिला लिग फुटबल : विराटनगरविरुद्ध आर्मीको शानदार जित | Khabarhub Khabarhub

महिला लिग फुटबल : विराटनगरविरुद्ध आर्मीको शानदार जित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ ।

बिहीबार विराटनगर महानगरपालिकामाथि ७–० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २–२ गोल गरिन् । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो ।

जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै बिहीबार नै भएको अर्को खेलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् ।

यस्तै क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् । लिगमा यो वालिङको चौंथो जित हो । जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ ।

वालिङ लिगको तेस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार नवौं हार हो । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : ०१ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति