रंग र ईमेजिङ प्रविधिमा थप नवप्रबर्तन अन्वेषणका लागि कलर रिसर्च ल्याबको स्थापना | Khabarhub Khabarhub

रंग र ईमेजिङ प्रविधिमा थप नवप्रबर्तन अन्वेषणका लागि कलर रिसर्च ल्याबको स्थापना


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले चचियाङ विश्व बिद्यालयका साथमा ओपो-चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ ।

ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासकालागि टेवा पुर्‍याउनु हो ।

प्राविधिक नवप्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्व विद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी र्‍याकिंङ अनुसार यो ५३औँ स्थानमा छ ।

संयुक्त अनुसन्धान परियोजनाअन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिक मानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्नेछ ।

ल्याबले आधारभूत रंग विज्ञान अन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत्त कलर भिजन डाटाबेसको स्थापना गर्नुका साथै, भिज्यूअलफञ्शन र कलर मोडल्सको विकास गर्दै तिनका ब्यवहारिक अनुप्रयोगका बारेमा अध्ययन गर्नेछ ।

ल्याबको अर्को प्रमुख लक्ष्यका रुपमा उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरिय रंग ब्यवस्थापन क्षमताका साथै कलर ईञ्जिनियरिङ अन्तर्गतका ब्यवहारिक समस्याको समाधानार्थ एक्स्क्ल्यूजिवकलर टेक्नोलोजी प्ल्याटफर्मको स्थापना हो ।

ओपोले बैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भुमिका निभाउने सोचका साथ बिस्तृत योजनाको खाका तयार पारेको छ । सान्दर्भिक प्रशिक्षण कार्यक्रमहरु मार्फत विलक्षण प्रतिभा भएका ईञ्जिनियर्सलाई ओपो आरएण्डडी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणाहरुलाई ब्यवहारमा उतार्न सहयोग प्रदान गर्नेछ ।

‘बर्षौँको नवप्रबर्तनका कारण ओपोसंग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजी अन्तर्गत फुल-पाथकलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत्त उपभोक्ता अन्तर दृष्टि छ’, ओपोका डिरेक्टर अफ फोटोग्राफी ईगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगीनपलहरु अझ जीवन्तताका साथ कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक समाधानहरु उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसँग सहकार्य गर्न हामी निकै उत्साहित छौँ ।’

‘कलर र ईमेजिङ अनुसन्धानका क्षेत्रमा कलर रिचर्स ल्याबले महत्वपूर्ण सफलताहरु प्रस्तुत गर्नेमा हामी विस्वस्त छौँ । साथै, यसका माध्यमबाट मानव केन्द्रित उत्पादन तथा प्रविधिहरु विशिस्तकलर क्वालिटीका उपलब्ध गराउन पनि उल्लेख्य सहयोग मिल्नेछ’, चचियाङ युनिभर्सिटीको कलर एण्ड ईमेजिङ साईन्सका प्राध्यापक डा. मिङ रोनियर लुओले भने ।

कलर एण्ड ईमेजिङ टेक्नोलोजीका क्षेत्रमा ओपोको अन्वेषणको निकै लामो ईतिहास छ । कम्पनीले भरखरै ओपो ईन्नो डे २०२० मा ओपो फुल-पाथकलर म्यानेजमेन्ट सिस्टम अनावरण गरिसकेको छ ।

सत् प्रतिशत डीसीआई-पीथ्री वाइड गामुट र १०-बिट कलर डेप्थ सपोर्ट गर्ने यो एण्ड टू एण्ड सोल्यूशन, ओपो फुलपाथकलर म्यानेजमेन्ट सिस्टमले आफ्नो पहिलो ब्यवसायिक उपस्थिती यही बर्षको पहिलो क्वार्टरमा ओपोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्रीमार्फत जनाउने छ । नयाँकलर रिसर्च ल्याबले कलर र ईमेजिङ ईन्नोभेशनका क्षेत्रमा ओपोको स्थानलाई अझमाथी पुर्‍याउने विश्वास लिइएको छ ।

प्राविधिक विकासले प्रत्येक ब्यक्तिलाई फाइदा पुग्नु पर्ने ओपोको मान्यता रहँदै आएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना शैक्षिक साझेदारसँग नजिक रहेर सहकार्य गर्दै कलर एण्ड ईमेजिङ टेक्नोलोजी क्षेत्रमा अझ उल्लेख्य विकासहरु प्रस्तुत गर्दै जानेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : ५४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला