झाँक्री राज्यविरुद्ध कसुरको आरोपमा पक्राउ (भिडियोसहित) | Khabarhub Khabarhub

झाँक्री राज्यविरुद्ध कसुरको आरोपमा पक्राउ (भिडियोसहित)


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो ।

निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएर पक्राउ गरेका हुन् । हालै गोरखा आयोजित एक कार्यक्रममा झँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।

झाँक्रीको निवासबाहिर ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

गिरफ्तारी दिनुअघि झाँक्रीले निवासबाट कार्यकर्ताहरुलाई सम्बोधन गरेकी थिइन् । उनलाई प्रहरीले आफ्नो ह्यान्ड माइक दिएको थियो । उनले साद दशक लडेर कहिल्यै नखोसिने लोकतन्त्र ल्याएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले खोसेको आरोप लगाइन् ।

उनले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आफूलाई राज्यविरुद्धको अपराधमा पक्राउ पूर्जी बुझाएको बताइन् । उनले आफूप्रति सद्भाव प्रकट गर्ने सबैलाई धन्यवाद दिइन् । उनले आफ्नो निवासमा आएका प्रहरी सुरक्षाकर्मीलाई पनि धन्यावाद दिइन् ।

सम्बोधनपछि झाँक्री प्रहरीको साथ लागेर घरबाट बाहिरिएकी थिइन् । झाँक्रीका परिवारजनले कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गरेका थिए । भिड छिचोलेर झाँक्रीलाई बाहिर निकाल्न प्रहरीलाई निकै मुश्किल परेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : ०६ बजे

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक बीच सम्झौता

ललितपुर– गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर ललितपुर-१ महालक्ष्मिस्थान

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

दमौली– तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप

पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता)

अशोक राईले आइतबार जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ पार्टी