झाँक्री पक्राउ प्रकरण : सामाजिक सञ्जालमा कसले के भने ? | Khabarhub Khabarhub

झाँक्री पक्राउ प्रकरण : सामाजिक सञ्जालमा कसले के भने ?


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न प्रहरी निवास पुगेपछि सामाजिक सञ्जालमा उनका पक्षमा पनि बहस सुरू भएको छ ।

कसले के भने ?

नेकपा नेता जनार्दन शर्माले देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ति गर्ने षड्यन्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।’

त्यस्तै नेतृ पम्फा भुसालले पनि आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले संघर्ष गरेर ल्याएको संघीय लोकतांत्रिक गणतंत्र जनताले बोल्न नपाउने निरंकुशतन्त्र होइन है ।जनबिरोधी कामगरे रास्ट्रपति प्रधानमन्त्रीको आलोचना मात्र होइन सत्ताबाट हटाउने तागत जनतामा रहेको कुरा अध्यारो कोठामा बसेर सडयन्त्र गर्नेले राम्रोसित बुझ्दा हुनछ । # प्रतिगामी सरकार मुर्दाबाद # ।’

त्यस्तै नेता योगेश भट्टराईले राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए । राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।’

गगन थापाले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘उहिले महाराजा अहिले राष्ट्रपति! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : १९ बजे

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन