सेभियासँग बार्सिलोना पराजित | Khabarhub Khabarhub

सेभियासँग बार्सिलोना पराजित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस कोपा डेल रेको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोली सेभियाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो ।

सेभियाको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै सभेयालाई १–० को अग्रता दिलाए ।

८५औं मिनेटमा इभान राकिटिचले सेभियाका लागि दोस्रो गोल गरे र अन्ततः बार्सिलोना २-० ले पराजित भयो ।

पराजित भए पनि बार्सिलोना प्रतियोगिताबाट भने बाहिरिएको छैन । बार्सिलोनाले दोस्रो लिगमा कम्तीमा पनि २–० को जित हात पारेमा खेल बराबरीमा पुग्नेछ । बार्सिलोनालाई फाइनलमा पुग्न अबको खेलमा कम्तीमा ३-० को जित आवश्यक पर्नेछ ।

दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा  मार्च ४ मा हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : १५ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा