ऊर्जामन्त्री रायमाझीले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण | Khabarhub Khabarhub

ऊर्जामन्त्री रायमाझीले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।

सो अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप थिके र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको हालसम्मको प्रगति र गतिविधिबारे मन्त्री रायमाझीलाई जानकारी गराए ।

आयोजनाको प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी छ ।

आयोजना प्रमुख घिमिरेका अनुसार प्याकेज–२ अन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ ।

प्याकेज–३ अन्तर्गत प्रशारण लाइन निर्माणका काम बारेमासमेत मन्त्री रायमाझीलाई जानकारी गराइएको छ ।

केइसी इन्टरनेशनले प्रशारण लाइन निर्माणका लागि काम गरिरहेको छ ।

त्यस्तै प्याकेज एक निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको बताइएको छ ।

निरीक्षणका क्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ तथा ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ ।

खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर