चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापप्रति चनाखो बन्न महानिरीक्षक खनालको निर्देशन | Khabarhub Khabarhub

चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापप्रति चनाखो बन्न महानिरीक्षक खनालको निर्देशन


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा शुभकामना ब्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज २४ गते देशभर कार्यरत तथा विभिन्न राष्ट्रसंघीय मिसनहरुमा रही शान्ति स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायूको कामना गरे ।

उनले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्दै जिम्मेबारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तिपूर्वक हर्षोल्लासका साथ पर्व मनाउने वातावरण बनाई कार्यक्षेत्रमा पूर्ण व्यवसायीक भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहन निर्देशन दिए ।

उनले व्यक्तिगत स्वार्थ भन्दा माथि रही देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखि थप सजकताकासाथ परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : ४१ बजे

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस