मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश, दशैँपछि मात्र छलफल हुने | Khabarhub Khabarhub

मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश, दशैँपछि मात्र छलफल हुने


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् । मुख्यमन्त्री शाक्यले प्रस्ताव पेश गरे पनि सो विषयमा छलफल र मतदान नगरी कार्तिक ४ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन् । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।

आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसदमा पेश गरेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागि दलले समर्थन फिता लिएका मुख्यमन्त्रीले संसदबाट ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै निर्वाचन आयोगको गत भदौ २५ गतेको निर्णय अनुसार नेकपा एमाले विभाजन पछि १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेको बताइन् ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आगामी कात्तिक ४ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : १८ बजे

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८