बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय | Khabarhub Khabarhub

बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार पौडेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो ।

पौडेलले २०७७ वैशाख ३० गते बेलकोटगढी नपा–५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो ।

स्थानीयवासीले उनलाई बालिका बलात्कार गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए । जिल्ला अदालतले २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ५२ बजे

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण