३ थान सुनको बालासहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ | Khabarhub Khabarhub

३ थान सुनको बालासहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले तीन थान सुनको बालासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेत रहेका छन्।

अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको ३ थान सुनको बालासहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहरुलाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई उक्त धातुसहित प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ५० बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार